देशभर रोपाई शुरु, हालसम्म २२ प्रतिशत रोपाई सम्पन्न

July 3, 2018 |Pahiloclick

काठमाडौँ: देशभर वर्षा शुरु भएसंगै किसानहरु धन रोप्न ब्यस्त भएका छन् । भनिन्छ, असार लाई मानो रोपेर मुरी फलाउने समय । हालसम्म देशभर लगभग २२ दशमलब ०७ प्रतिशत खेतमा धान रोपाई भएको छ ।

कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म तिन लाख ४२ हजार ३४१ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ ।

समयमा देशभर मनसून सुरु भएकोले रोपाई सन्तोषजनक भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए ।
उनले भने- देशभर रोपाई चलिसकेको छ । किसानहरु रोपाईमा ब्यस्त भएका छन् । यो वर्ष गतवर्षको भन्दा राम्रो रोपाई हुने अनुमान गरिएको छ ।

यो वर्ष ९५ प्रतिशत भन्दा बढी धानखेती हुने जमिनमा रोपाई हुने मन्त्रालयले अपेक्षा गरेको उनले बताए ।
उच्च पहाडमा ३८ दशमलब २१ प्रतिशत ( २२ हजार २२४ हेक्टर), मध्य पहाडमा २९ दशमलब ०९ प्रतिशत ( एक लाख १६ हजर २८२ हेक्टर) र मध्य पहाड १८ दशमलब ६५ प्रतिशत ( २ लाख ४ हजार १२६ हेक्टर) जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ ।

उच्च पहाडमा ५८ हजार १५८ हेक्टर, मध्य पहाडमा तिन लाख ९९ हजार ६७५ हेक्टर र तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर जमिन धन खेतियोग्य छ ।

हालसम्म सबै भन्दा कम रोपाई सप्तरीमा एक दशमलब ०५ प्रतिशत, महोत्तरीमा ३ दशमलब ५ प्रतिशत र पर्सामा ३ प्रतिशत भएको छ ।
त्यसैगरी, जुम्ला र डोल्पामा सत प्रतिशत धान खति योग्य जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ । जुम्ला र डोल्पा क्रमस २,९०० हेक्टर र २०२ हेक्टर जमिन धान खेति योग्य छ ।