देश विकासका लागि सामाजिक भावना आवश्यक: सभापति देउवा

October 25, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

चितवन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् ।

क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उनले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत भएका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताए ।

उनले भने “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।”

सभापति देउवाले विकासका नयाँ नयाँ अवधारणको आगमनसँगै वातावरणलाई कसरी दिगो रुपमा बचाइ राख्ने भन्ने चुनौति थपिदै गएको उल्लेख गर्दै वातावरण प्रदूषणले स्वस्थ खानपीनमा परेको असर र त्यसले जनस्वास्थ्यमा पारिएको नाकारात्मक प्रभाव अहिलेको युगको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

“तपाईहरुले स्काउटमार्फत यी विषयहरुमा फैलाउनु भएको जनचेतना प्रसंशनीय छ”, उनले भने, “बालबालिकालाई फरक तरिकाले सोच्न तथा फरक खालको ज्ञान र सीपको विकास गर्न स्काउट अभियानले सहयोग गरेको आफूले महशुस गरेको छु ।”

सभापति देउवाले स्काउटभित्र न कुनै जात र धर्म हुन्छ, न कुनै राजनैतिक विचार, वाद र क्षेत्रीयता हुन्छ भन्दै समग्रमा यसले मानवताको भावना बोकेको हुन्छ भने ।