मध्येपहाडी क्षेत्रमा सामान्य वर्षा, पूर्व र पश्चिममा भने भारी वर्षा-मौसमविद

July 1, 2018 |Pahiloclick

काठमाडौँ: दुई दिनदेखि लगातार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ।
देशको मध्यभागमा सामान्य वर्षा तथा पूर्वी र पश्चिमी भागमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार आइतबार देशभर मौसम खुल्ने संभावना कम छ। ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ।