नमुना कलेज व्यवहारिक ज्ञान र प्रमाणपत्रमा उत्तिकै अव्वल, यस्तो रह्यो विद्यार्थीका ‘फेसन सो’

October 9, 2018 |Pahiloclick

काठमाडौँ: आफ्नो अध्ययन सकेर हातमा शैक्षिक प्रमाणपत्र आइसक्दासम्म विद्यार्थीहरु अव उनीहरुले समात्नु पर्ने बाटो कुन हो भनेर पत्तोसम्म नहुन सक्छ। खासगरी विद्यार्थीहरुले आफु उतिर्ण भइसकेपछि शैक्षिक प्रमाणपत्र प्राप्त त गर्छन् तर उनीहरुमा व्यवहारिक ज्ञान र आफैमा आत्मविश्वाशको कमी भने उत्तिकै हुन्छ।

हाम्रा अधिकांश शैक्षिक कार्यक्रमहरु त्यस्तै प्रकृतीका छन् र हाम्रा प्राय खुलेका शैक्षिक संस्थाहरु पनि व्यवहारिक ज्ञानमा भन्दा प्रमाणपत्र बाँढ्नमै व्यस्त हुन्छन्। अझ भन्ने हो भने त यस्तो विडम्बना मानविकी र व्यस्थापन संकायमा बढी छन्।

तर यही भीडमा केहि फरक धार र पहिचानका साथ विगत १४ वर्षदेखि निरन्तर व्यवहारिक ज्ञान र शैक्षिक प्रमाणपत्र समेत दिन सफल कलेज हो नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) ।

तीन वर्षीय स्नातक कार्यक्रम अन्तर्गतको अन्तिम शैक्षिक सत्र अन्तर्गत कलेजले आइतबार एक भब्य कार्यक्रम गर्दै आफ्ना दीक्षित भइजाने ८४ जना बिद्यार्थीहरुले आयोजना गरेको १४ औं दीक्षित फेसन सोको आयोजना सम्पन्न गरेको छ। कलेजले उक्त फेसन सो आफ्नो कलेजको “जर्नी अफ फेसन १४ औं: अभूतपूर्व परिकल्पना” शिर्षकमा आयोजना गरेको जनाएको छ।

कलेजले हरेक शैक्षिक सत्रको अन्तिम वर्षमा आयोजना गर्ने शैक्षिक ज्ञान र शिप विकासको यस्तो कार्यक्रम अन्य निजी कलेजले गर्ने भन्दा नितान्त फरक र व्यवहारिक ज्ञानमा आधारित भएर आयोजना हुने गर्दछ।

कलेजले आइतबार सम्पन्न गरेको उक्त बिशेष कार्यक्रम पनि त्यसैको एक उदाहरण हो।

कस्तो रह्यो त कार्यक्रम?
कलेजले आयोजना गरेको उक्त फेसन सोमा ‘ब्याचलर इन फ्यासन डिजाइन’ अर्थात् स्नातक तहका ८४ जना बिद्यार्थीहरुले सिकेका ज्ञान र शिपलाई उनीहरुकै व्यवहारिक ज्ञानमा ढाल्दै एक भब्य र सब्य १४ औं फेसन सो सम्पन्न भएको छ ।

कुनै हलिउडमा देखिएजस्तै गरी विद्यार्थी र केहि मोडलहरु सम्मिलित कार्यक्रम निकै परिष्कृत र निखारिएको जस्तो देखिन्थ्यो।

कलेजले उक्त फेसन सो आफ्नो कलेजको “जर्नी अफ फ्यासन १४ औं: अभूतपूर्व परिकल्पना” शिर्षकमा आयोजना गरेको तीन वर्षीय स्नातक अन्तर्गतको अन्तिम कार्यक्रम समेत बन्न पुग्यो। सोही कार्यक्रम अव चार वर्षीय स्नातकमा परिणत भैसकेको छ जसका लागि कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत आवहान गरिसकेको छ।

निकै आकर्षक पहिरनहरुमा सजिएर विभिन्न ६ वटा थिममा आधारित हुँदै ५१ वटा विभिन्न विधामा बिद्यार्थीहरुले आफ्नो पहिरन र आफ्नो व्यक्तित्व झल्किने गरी र्याम्पमा प्रस्तुती दिएका थिए। त्यस्तै कार्यक्रमको अन्तिममा झन्डै एक घण्टाको थप अर्को बिशेष खालको क्रिएटिभ पहिरनमा २१ वटा पहिरनहरुको प्रदर्शनीले कार्यक्रम झनै उत्कृष्ट देखिएको थियो।

बिद्यार्थीहरुले ‘कल्चरल डाइभर्सिटी (विविधता), न्याचुरल्ली रिच, ड्रमाटिक ग्ल्याम, फ़्याण्टसी इग्नियस, फ़्याटस एण्ड प्यास्टल र लिल्ली अफ दी भ्याली’ थिममा रहेर ५१ वटा बिहिन्न पहिरनको प्रदर्शन गरेका थिए ।

त्यस्तै कार्यक्रमको अन्तिममा २१ वटा विभिन्न बिज्ञान तथा प्रविधि र विकासका थिममा रहेर बिद्यार्थीहरुले भबिष्यमा देख्न पाइने सम्भावित पहिरनहरुको परिकल्पना गर्दै बनाइएका पहिरनहरु कार्यक्रमको विशेष आकर्षणको रुपमा रहेको थियो। उक्त २१ कलात्मक पहिरनहरु कुनै यथार्थ ज्ञानभन्दा पनि सम्भावित परिकल्पनामा बढी केन्द्रित थिए।

उनीहरुले आफ्नै परिकल्पनामा आधारित रहेर निर्माण गरिएका उक्त बिशेष पहिरनहरु र उनीहरुका आफ्नै व्यक्तित्वलाई मुल्यांकन गर्न भनी विभिन्न क्षेत्रका विज्ञहरुसम्मिलित ‘ज्युरी प्यानल’ को व्यवस्था गरिएको थियो। सो मुल्यांकनका नम्बर बिद्यार्थीहरुले आफ्नो प्रमाणपत्रमा पाउनेछन्।
ज्युरी प्यानलमा कलेजका बिषयगत समितिका सदस्य किरण प्रकाश सा:ख, गार्मेन्ट संघ नेपालका अध्यक्ष चण्डी प्रकाश अर्याल, जर्मनकी ख्यातिप्राप्त कस्ट्युम डिजाइनर इस्टेला मारिस हाफेली, मिस नेपाल २००५ सुगरीका केसी, कलेजकी बिषयगत समिति सदस्य कुश्मा श्रेष्ठ, नमुना कलेज अफ फेशन टेक्नोलोजी अल्मुनाइकी सभापति निशा श्रेष्ठ र फेसन डिजाइनर मनिष राई रहेका थिए।

कार्यक्रममा पूर्वाञ्चल विश्वबिद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दास, पूर्वाञ्चल विश्वबिद्यालयका व्यवस्थापन शंकायका डिन प्रा. डा खगेन्द्र आचार्य, पूर्वाञ्चल विश्वबिद्यालयका पूर्व उपकुलपति प्रा. डा. रामावतार यादव तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई नेपाल एसवीआई बैंकले प्रायोजन गरेको थियो भने फेसन सोका सम्पूर्ण कार्यक्रमलाई कलेजका फ्याकल्टी सदस्य रोजिन शाक्यले करियोग्राफ गरेका थिए।