काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क र कोस्टारिकाको झन्डै १० दिन लामो भ्रमण सकेर विहिबार स्वदेश फर्किएका छन् ।
ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज नेपाल फर्किएका हुन्। भ्रमण दौरान उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र सार्कस्तरीय मन्त्रीहरुलाई समेत साइडलाइन भेट गरेका थिए ।
महासभालाई सम्बोधन गरेर उनी कोस्टारिकाको भ्रमणमा निस्किएका थिए जहान उनलाई शान्ति विश्वबिद्यालयले उनलाई त्यहाँको मानार्थ विद्यावारिधीको उपाधिसमेत दिएका थिए।