फास्ट ट्रयाक परियोजना: सेनाले ७५ प्रतिशत काम विदेशी परामर्शदाताबाट सक्ने

फाइल फोटो
September 20, 2018 |Pahiloclick

काठमाडौँ: काठमाडौँ-तराई मधेश फास्ट ट्रयाक (एक्सप्रेस वे) को आयोजनको मुख्य र जटिल संरचनाका काम गर्न सेनाले मुख्यत: अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई नै ठेक्का दिने जनाएको छ।

नेपाली सेनाको व्यवस्थापनमा फास्ट ट्रयाक निर्माणका काम अहिले २६ प्रतिशत सकिएको जनाएको छ जसमा मुख्यतया रुख कटान, जमिनको कटिङ र फ़िलिङको काम भइरहेको सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा योजना प्रमुख तथा प्राविधिक उपरथी योगेन्द्र खांडले जानकारी दिए।

“हामीले योजना स्थलमा निर्माण गर्ने ठुला ठुला पुल र टनेल (सुरुङ मार्ग) निर्माणका लागि विदेशी ठेकेदार कम्पनीलाई नै जिम्मा दिनु पर्नेहुन्छ जुन नेपाली (स्वदेशी) ठेकेदारहरुबाट गर्न सकिंदैन,” खांडले भने।

ठेक्का आवहान गरिएका मध्ये कूल ७ वटा विदेशी कम्पनीमध्ये एक नेपाली कम्पनीले पनि ठेक्का आवेदन गरेका थिए।
सार्वजनिक खरिद एन अनुसार एक अर्वसम्मका ठेक्कामा नेपाली ठेकेदारलाई ठेक्का दिन सकिने, १ अर्वदेखि पाँच अर्वसम्मका ठेक्कामा भने संयुक्त (विदेशी-नेपाली) ठेक्का हाल्न सकिने र पाँच अर्वभन्दा माथिका सम्पूर्ण ठेक्का विदेशी कम्पनीले मात्रै हाल्न मिल्ने अहिलेको व्यस्था अनुरुप पनि नेपाली ठेकेदार कम्पनीहरुबाट काम आवेदन परेको उनले जनाए।

“हामीले सम्पूर्ण ठुला आयोजन जसमा नेपाली शीप र प्रविधिको प्रयोग काम लाग्दैन त्यस्ता सम्पूर्ण काममा विदेशी कम्पनी नै गर्ने उनले बताए। यसरी हेर्दा हामीले हाम्रो आयोजन बनाउन ७५ प्रतिशत विदेशी कम्पनीबाट काम लिनु पर्ने भएको छ,” खांडले भने।
हाल आयोजनाको निर्माणका लागि १० ठाउँमा सेनाको क्याम्प बनाएर १२ सय सैनिक जनशक्ति परिचालित रहेको पनि उनले बताए।

योजना समयमै सक्न सबै पक्षको उत्तिकै साथ सहयोग र प्राविधिक सहयोग मिल्नु पर्ने उनले बताए। भइपरी आउने प्राविधिक समस्या बाहेक कुनै पनि बहाना बाहेक हामी आयोजना चार वर्षभित्रै सक्छौं, उनले भने।

रुख कटानका बिषय
सेनाले योजना स्थलमा रुख कटानको काम वन विभागसंगको सम्झौता अनुरुप काटेको र त्यो काम गएको आवमा ९६१९ वटा रुख काटिएको र उक्त कटान गरिएका रुखहरु वन विभागको र स्थानीय उपभोक्तामाझ सेनाले नै व्यवस्थापनका लागि पठाउने गरेको खांडले बताए ।

“रुख काटेर सम्पूर्ण घाटगद्दी गरेपछि हामीले सबै अरु काम वन बिभाग र स्थानीय उपभोक्तालाई व्यवस्थापनका लागि दिन्छौं,” उनले भने।

सेनाले सम्झौता १०० मीटर आयोजन स्थलसम्मको रुख कटानको स्वीकृति भएको भए पनि ५० मिटरसम्मको रुख मात्रै काटिएको उनले बताए। आयोजन भित्र पर्ने जम्मा २०३०९ वटा रुखहरु मध्ये १९६१९ रुख कातिसकिएको र यसको लागि गएको आवको मङ्सिर आठगते देखिबाट साँढे तीन महिनामा रुख काट्ने काम सकिएको सेनाले जनाएको छ।

यस्तै रुख काटिएका ठाउमा हालसम्म ५४ किमि सडक खण्डमा अर्थओर्क कटिंङ तथा फिलिङक कार्य भइरहेको उनले बताए।
यस्तै आयोजन स्थलका १०,५०० रोपनी जग्गा हालसम्म अधिग्रहण भैसकेको पनि उनले बताए।