१८ घण्टापछि मध्यरातबाट एकतर्फी सञ्चालनमा नारायणगढ–मुग्लिन सडक

फाइल फोटो
September 12, 2018 |Pahiloclick

रत्ननगर: अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताए ।

सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।

दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको हो । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ ।