कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

August 13, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केहीबेरमा सुरु हुने भएको छ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ।

पर्सि बस्ने कार्यदलको बैठकमा सत्तारुढ दलहरूले सिट संख्या बाँडफाँड गर्ने भएका कारण त्यसबारेमा पनि बैठकमा छलफल गर्ने तयारी छ।

भदौ २ देखि सुरु हुने देशव्यापी संगठन सुदृढीकरण अभियान र साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुनेछ।