प्रधान सेनापति अमेरिकामा, मरिन फोर्सको निरीक्षण भ्रमण

June 28, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ:
वैदेशिक भ्रमणमा रहेका प्रधानसेनापति सेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा पुगेका छन् । प्रधानसेनापति शर्मा लेबनान र सिरियाको भ्रमण सकाएर असार १३ गते अमेरिका पुगेका हुन्।

सोमबार उनले संयुक्त राज्य अमेरिकाको Quantico, Virginia स्थित National Museum of the Marine Corps र Marine Corps Base को अवलोकन भ्रमण गर्नु भएको थियो।

सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले Marine Corps War Fighting Laboratory का Commanding General, Brigadier General Kyle B. Ellison सँग छलफल तथा अन्तर्क्रिया समेत गर्नु भएको थियो ।

भ्रमणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले Quantico, Virginia स्थित Marine Corps Command and Staff College को भ्रमण गर्नु भई उक्त कलेजको तालिम लगायत विविध पक्षका बारेमा जानकारी हासिल गर्नु भएको व्यहोरा जानकारी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

औपचारिक भ्रमणको लागि मिति असार १२ संयुक्त राज्य अमेरिका पुग्नु भएका प्रधान सेनापति महारथी शर्माले सोही दिन मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो।

यसअघी,संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ Lebanon स्थित United Nations Interim Force in Lebanon (UNIFIL) Mission र Syria स्थित United Nations Disengagement Observer Force (UNDOF) Mission को निरीक्षण गरका थिए।