काठमाडौँ:
मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसूरमा संलग्न मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि थुनामा पठाउने आदेश काठमाडौँ जिल्ला अदालतले सोमबार दिएको छ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट नियन्त्रणमा लिइएका मनोज पाण्डे भनिने मनोज कुमार जैशीउपर आफूलाई बालयौन दुरुपयोग गरेको लगायत उल्लेख गरी पीडित नाबालिका परिवर्तित नाम ‘२६ परिसर ४३’ द्वारा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद- १८ को बालयौन दुरुपयोग गर्न नहुने कसूरमा मिति २०७९।०२।०८ गते जाहेरी दरखास्त पर्न आएको ।
साथै आफ्नी छोरीलाई बिभिन्न बहानामा कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा बीभिन्न स्थानमा बोलाई डर त्रासमा पारी धाक धम्की दिई पेय पदार्थ भनी नसालु पदार्थ पिलाई बेहोस बनाई नियन्त्रणमा राखी आफूले जबरजस्ती करणी गरी बेश्याबृत्तिमा लगाउने गरेको लगायत उल्लेख गरी पीडितकी आमा परिवर्तित नाम ‘२६ परिसर ४४ (क)’ द्वारा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसूरमा मिति २०७९।०२।०९ गते जाहेरी दरखास्त पर्न आएको ।
जिल्ला प्रहरी परिसर काठमाण्डौमा दुबै जाहेरीलाई दर्ता गरी अनुसन्धान प्रारम्भ गरिएको ।
निज पाण्डे बिरुद्ध पर्न आएका दुबै जाहेरीउपर जिल्ला सरकारी वकीलको कार्यालयमार्फत सम्मानीत काठमाण्डौ जिल्ला अदालतसमक्ष पेश गरी सम्मानीत अदालतबाट म्याद थप अनुमति लिइएको ।
अनुसन्धानको बिविध बिधि र प्रविधिकोसमेत प्रयोग गरी सुक्ष्म अनुसन्धान जारी राखिएकोमा अनुसन्धान सम्पन्न भएपश्चात मिति २०७९।०२।२७ गते मानव बेचबिखन तथा ओसारपसार र मिति २०७९।०२।३० गते बालयौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा पेश गरिएको ।
जिल्ला सरकारी वकीलको कार्यालय मार्फत सम्मानीत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा पेश गरिएकोमा बहश, पैरवी पश्चात मिति २०७९।०३।०६ गतेको सम्मानीत काठमाण्डौ जिल्ला अदालतको आदेशले निज प्रतिवादी मनोज पाण्डे भनिने मनोज कुमार जैशीलाई पुर्पक्षको लागि श्री कारागार कार्यालय, डिल्लिबजार चलान गरिएको ।