असार अन्त्यसम्ममा अनिवार्य इम्बोस्ड प्लेट जडान गरिसक्न बिभागको निर्देशन

June 3, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: यातायात व्यवस्था बिभागले पुनः एकएक इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ । शुक्रबार एक बिज्ञप्ती जारी गर्दै बिभागले बागमती र गण्डकी प्रदेशमा पहिलो चरणमा साउन सम्ममा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरी सक्न निर्देशनात्मक बिज्ञप्ती जारी गरेको हो ।

यता, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरु तयार देखिएका छैनन् । प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको भन्दै प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।

तर, इम्बोस्ड प्लेट छपाइको जिम्मा लिएको ठेकेदार कम्पनी टाइगर डेकाटोरको थप म्याद सकिन लागेपछि भुक्तानीका लागि दबाबमा परेको यातायात विभागले प्लेट जडान नगरे सवारी धनीलाई नै कारवाही गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको प्रदेशका सवारी कार्यालयहरुको दाबी छ ।

गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौंका कार्यालय प्रमुख दीपक पोखरेलले भने विभागको निर्देशन कार्यान्वयन गर्न प्रदेश सरकारसँग छलफल हुने बताउँछन् ।

‘संघीय सरकारको निर्णय कार्यान्वयन गर्न के गर्न सकिन्छ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्छौं,’ उनले भने,’संघीय सरकारको निर्देशन पालना गर्छौं, तर सहज वातावरण बन्नुपर्छ ।’

यातायात व्यवस्था विभागले शुक्रबार असारभित्रमा तोकिएका सबै सवारीमा इम्बोस्ड प्लेटको जडान गराउन बाग्मती र गण्डकी प्रदेशका यातायात कार्यालयलाई निर्देशन दिएको छ । कात्तिक २२को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड जडानको तालिका सार्वजनिक गरेको थियो ।

राजपत्रअनुसार १ मंसिर २०७८ बाट बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने सवारीमा अनिवार्य इम्बोस्ड प्लेट जडान हुनुपर्ने थियो ।

१ फागुन २०७८ देखि सवारी नामसारी गर्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने भनिएको थियो । त्यस्तै १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा पनि जोड्नुपर्ने व्यवस्था भएको थियो । तोकिएको समयअघि नै जोड्न चाहे त्यस्तो सुविधा पनि पाइने राजपत्रमा उल्लेख थियो ।

अब यी तोकिएका सबै सवारीले इम्बोस्ड जोड्नुपर्ने भएको छ । तर, अहिले सम्बन्धित कार्यालयसँग ठूलो संख्यामा इम्बोस्ड जडान गर्न आउनेलाई सेवा दिने क्षमता पनि बबनिसकेको कार्यालयहरुको दावी छ ।

तर, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे कार्यालय र सेवाग्राहीले इम्बोस्ड प्लेट जडान गर्न आनाकानी गरेकाले कारवाही गर्नुपर्ने अवस्था आएको बताउँछन् । कार्यालयहरुलाई पर्याप्त पूर्वाधार दिइएको भन्दै उनले उनीहरुले लट नम्बर अनुसार अनिवार्य गर्दै लगेर इम्बोस्ड प्लेट कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्लेट जडानका लागि विभागको सूचनाअनुसार हुनुपर्छ,’ महानिर्देशक घिमिरे भन्छन्,’पूर्वाधार तयार भइसकेका बाग्मती र गण्डकी प्रदेशमा यो राजपत्रको सूचनाअनुसार कार्यान्वयन हुन्छ ।’