पल प्रकरण: पोखरा उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर, छुटेनन् पल

June 2, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

पोखरा:
बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दाको थुनछेकमा उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको छ।

उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश सदर गरेको हो।