बाढीले पुल बगाएपछि ढुवानी गर्न नसक्दा बारेकोटमा खाद्यान्न अभाव

September 7, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

जाजरकोट :बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।

खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिए ।

“रित्तो हात फर्कनु परेको छ,” उनले भने । बारेकोट क्षत्रमा अहिले ढुवानी ठप्प छ । बजारमा समेत चामल अभाव छ । पुल निर्माण नभएसम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बजारमा अन्य दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ । सडक सञ्जालले नजोडिएको बारेकोट क्षेत्रमा उब्जनी कम हुन्छ ।

सम्बन्धित शीर्षकहरु


Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 100

Notice: Trying to get property 'slug' of non-object in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 101

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 100