टेलिकमले 4G LTE नमस्ते वाईफाईमार्फत द्रुतगतिको डाटा तथा भ्वाइस सेवा

January 20, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: फटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।

कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ । हिजो सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

4G LTE नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल Individual Package / Government Institution Package u/L गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । Individual Package अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० GB ३० दिनका लागि उपलब्ध छ ।

त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० GB प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० GB को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० GB प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० GB प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० GB प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० GB को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० GBप्याक लिन सकिन्छ ।

Government Institution Package मा रु ३,६५० र रु. २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

4G LTE नमस्ते वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4g-wireless-home-broadband मा उपलब्ध छ ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ ।