नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महासचिबमा शिव सागर शर्मा निर्विरोध निर्वाचित

January 14, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय महासचिबमा शिव सागर शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

बिहिवार चितवनको सौराहामा भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैटौं महाधिवेशनबाट गुडविल पब्लिकेसन काठमाडौँका प्रबन्ध निर्देशक समेत रहेका शर्मा महासचिबमा निर्विरोध विजयी भएका हुन् ।

शर्मा पुस्तक तथा स्टेसनरी व्यवसायीहरुको हकहितका लागि लामो समयदेखि सक्रिय रुपमा कामगर्दै आएका छन् ।

त्यसैगरी महासंघको केन्द्रीय अध्यक्षमा सञ्जय चौधरीले विजयी भएका छन् ।