कृषि विकास बैंकले पारित गर्यो लगानीकर्तालाई वितरण गर्ने लाभांश

January 13, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: कृषि विकास बैंक (ADBL) ले सेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश साधारण सभाबाट अनुमोदन गराएको छ ।

बैंकको बिहीबार सम्पन्न १५ औं साधारण सभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पारित गरेको हो ।

बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभामा ३ लाख शेयरधनीलाई लाभान्वित गराउने गरी लाभांश प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ । बैंकले २७९ वटा शाखाहरुबाट बैकिङ्ग सेवा पुर्‍याउँदै आएको छ ।