एकैदिन थपिए ३ हजार ५५३ कोरोना संक्रमित, १ को मृत्यु

January 13, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौ‌: नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।