पछिल्लाे चाैबिस घण्टामा २ हजार ४ सय ४४ कोरोना संक्रमित थपिए, १ को मृत्यु

January 11, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौ‌: नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १९८१ र ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।