नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन खोजेका बताससँग मेरो कुनै नाता छैन: केपी ओली

January 9, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका छन् ।

आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा रहेकाले भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ खडा गरेर आफुलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका हुन् ।

नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको उनले बताए । ओलीले सरकारले नारायणहिटीलाई निल्न खोजेको र जनता कराएपछि भाग्न बाध्य भएको उल्लेख गरे ।

त्यस्तै उनले जनादेशबाट परमादेश भएको यो ‘म्यादी सरकार’ भएको भन्दै अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउने धारणा राखे ।

सहिद मनोज झपेन्दै स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन पश्चात् ओली कमल गाउँपालिका– ७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण गरेका थिए । आइतबार नै उनले झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन समेत गरे ।