नेप्से पौने ३ प्रतिशतले बढ्योः सूचक साढे २७ सय नाघ्दा लगानीकर्ता उत्साहित

January 9, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: आइतबार नेप्से परिसूचक पौने ३ प्रतिशतले बढेको छ । गत साता साता १६७.९७ अंकले बढेको बजारमा आइतबार थप ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा पुगेको हो । अघिल्लो हप्ता ६.६५ प्रतिशतले बढेको नेप्सेमा साताको पहिलो कारोबार दिन आइतबार २.७१ प्रतिशतको बढोत्तरी भएपछि सेयर बजारमा सकारात्मक माहोल सिर्जना भएको हो ।

अर्कोतिर बैंकिङ प्रणालीमा निक्षेप बढ्दा समेत त्यसको सकारात्मक असर सेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको औषत कर्जा निक्षेप अनुपात घटेर ८९.३६ प्रतिशतमा झरेको छ । पुस २१ गतेसम्म औसत सीडी रेसियो ८९.६४ प्रतिशत थियो। यस्तै पुस २१ गते ४.८५ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर पुस २२ मा घटेर ३.८९ प्रतिशतमा झरेको छ।

पुस २१ गतेको तुलनामा २२ गते एकैदिन वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँ निक्षेप थपिसँगै वाणिज्य बैंकको कुल निक्षेप ४३ खर्ब रुपैयाँ पुगेको छ। समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि ४८ खर्ब ५५ अर्बबाट बढेर ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँमात्र बढेर ४६ खर्ब २३ अर्ब रुपैयाँ छ। वाणिज्य बैंकहरु कुल कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ।

सूचक बढेसँगै कारोबार रकममा समेत उच्च बढोत्तरी भएको छ । गत बिहीबार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आइतबार नेप्से उच्च अंकले बढेपछि कारोबार रकम समेच झण्डै दोब्बर (९३.४६) प्रतिशतले बढेपछि सेयर बजारका लगानीकर्ता उत्साहित बनेका हुन् ।

लगानीकर्ताको उत्साहले कारोबार रकममा पनि उछाल आएको छ । गत बिहीबार ३ अर्ब ६७ करोड ६८ लाखको सेयर खरीद बिक्री भएकोमा आइतबार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ ह्जार ५९१ रुपैयाँको सेयर कारोबारमा आएको छ । यसदिन २३९ कम्पनी १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ८२ हजार ११३ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

नेप्से बढेर २७६५.४७ बिन्दुमा पुग्ददा ठूला कम्पनीको सूचकमापक सेन्सेटिभ इन्डेक्स पनि १३.२१ अंकले बढेर ५१९.३७ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाएको छ । ब्यापार सूचक सर्वाधिक ६.०४ प्रतिशतले बढ्दा विकास बैंक ५.४९, फाइनान्स ५.१६, लगानी ४.१४ र निर्जीवन बीमा तथा अन्यको सूचक ३३ प्रतिशत धेरैले बढेको छ । होटल सूचक सबैभन्दा कम ०.१६ प्रतिशत बढेको छ ।