भारतमा एक दिनमा झण्डै डेढ लाखमा संक्रमण पुष्टि

January 8, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: भारतमा आज झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पाइएको हो ।

यही अवधिमा २८ हजार २५१ जना निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । त्यहाँ अहिले गम्भीर विरामीको संख्या ९ हजारको हाराहारीमा छ ।