काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दुमा पुगेको छ ।कारोबारमा आउका ब्यापार र उत्पादन उपसमुहगत सूचक सामान्य घट्दा बाँकी सबै सूचकमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक १.६३ प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ९.१६ अंकले बढेर ५०६.१६ बिन्दुमा पुगेको छ । बैंकिङ्ग प्रणालीमा तरलताको सहज हुँदै बैंकहरुको सीडि रेसियो ९० प्रतिशतभन्दा तल झरेपछि सेयर बजारमा रौनक फर्किएको हो । गत साता २५२४.५० बिन्दुमा बन्द भएको नेप्से यो हस्ता कुल १६६.९७ अंकले बढेको हो ।
यसदिन कूल २३८ वटा कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रूपैयाँ पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल सर्वाधिक ३.४८ प्रतिशतले बढ्दा जलविद्युत २.४८ र निर्जीवन बीमा २.०५ प्रतिशतले बढेको छ । बैंकिङ्ग, लगानी, विकास बैंक, वित्त, अन्य, लघुवित्तको सूचक १ बढीले प्रतिशतले बढेको छ ।