काठमाडौं: निर्वाचन आयोगले शुक्रबार स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग आज भएको छलफलमा आयोगले सबै स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ मा गर्न प्रस्ताव गरेको हो ।
यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बैठकपछि जानकारी दिए ।