समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन

December 13, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ, २७ मङ्सिर:
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

 

आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ । गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।