बुधबारसम्म वर्षा र हिमपातको सम्भावना, सजगता अपनाउन मौसमविद्को आग्रह

October 18, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिएको मौसमविद्ले बताएका छन्।

यसका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘आज दिउँसो र राति पनि वेदर (मौसम) डिस्टर्ब (गडबड) नै हुन्छ’, मौसमविद् बासीले सोमबार भनिन्, ‘विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ, साथै यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’