भारत श्रीलंकासंग गोलरहित बराबरीमा रोकिएपछि फाइनल पुग्ने सपना लगभग समाप्त  

October 7, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ:

माल्दिवसमा जारी साफ च्याम्पियनशिप फुटबलमा विहीबार भएको भारत र श्रीलंकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यससंगै अंक तालिकामा दुवै खेल बराबरी खेलेकोले भारतको २ अंक मात्रै छ  भने उसको फाइनल पुग्ने सम्भवन लगभग सकिएको छ।

नेपाल तालिकाको ६ अंक सहित शिर्ष स्थानमा छ भने आज भएको श्रीलंका र भारतको बराबरी खेलले नेपाललाई फाइनलको ढोका खोल्न झनै सहज भएको छ।

अहिले बंगलादेश र आयोजक मल्दिब्सबीच खेल भैरहेको छ। अंक तालिकाको दुई शिर्ष टोलि फाइनल पुग्ने छ। नेपालले भारतसँग भने यही अक्टोबर १० तारिखमा खेल्ने छ ।