साताको अन्तिम दिन नेप्सेमा झन्डै १० अंकको सुधार

August 30, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: साताको अन्तिम दिन बिहिबार पूँजी बजारमा झन्डै दोहोरो अंकको सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ९ दशमलब ३९ अंकले बढेर एक हजार १८१ दशमलब ६९ अंकमा पुगेको छ ।

नेप्से आइतबार २ दशमलब ७८ अंकले र बुधबार ४ दशमलब ७९ अंकले घटेको थियो भने मंगलबार एक दशमलब ३७ अंकले बढेको थियो ।

आजको कारोबारमा होटल बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ६२ दशमलब ४६ अंक, जीवन बीमा २६ दशमलब २१ अंक र लघुवित्त समूहको परिसूचक १४ दशमलब ०३ अंकले बढेको छ ।

त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा ९ दशमलब ११ अंकको, विकास बैंकमा ७ दशमलब ९१ अंकको, उत्पादन मूलक समूहमा ८ दशमलब २६ अंकको, अन्य समूहमा ६ दशमलब २७ अंकको, जलबिधुतमा ५ दशमलब ३१ अंकको र बित्त समूहमा १ दशमल ३२ अंकको वृद्धि भएको छ ।

होटल समूहको परिसूचक २ दशमलब ३१ अंकले घटेको छ ।

नेप्से संगै कारोबार रकममा समेत बुधबारको तुलनामा आज वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार २ हजार ९५३ कारोबारबाट २१ करोड ९ लाख ७३ हजार ३७२ रुपैयाँ बराबरका ६ लाख ९४ हजार ३७८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।

बुधबार नेप्सेमा १६३ कम्पनीहरुका ३ हजार २७४ कारोबारबाट १९ करोड २१ लाख ५६ हजार ३२६ रुपैयाँ बराबरका ६ लाख ४ हजार ४३८ कित्ता शेयरहरु खरिद बिक्री भएका थिए ।