१ हजार ५६२ संक्रमित थपिए, १९ जनाको निधन

September 14, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: आज एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ।

हाल सक्रिय संक्रमित २६ हजार २०२ रहेका छन्। ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १२ र २ सयभन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन्।

यस्तै आज एक हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म सात लाख ४२ हजार ३०३ संक्रमति संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १९ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ९८४ जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति १० लाखमा ३७० दशमलव दुई जनाको कोरोना संक्रमणबाट निधन हुने गरेको छ।

हाल ४५३ सघन उपचार कक्ष (आईसीयू), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन्।

आज ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्।