नेप्सेमा ७१ अंकको उच्च वृद्धि, १४ कम्पनीको शेयरमूल्य ९% धेरैले बढ्यो

September 12, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नै शेयर बजारमा ७१ अंकको उच्च वृद्धि भएको छ । अघिल्लो साता निरन्तर घटेको शेयर बजारमा नयाँ साताको सुरुवातसँगै बजारमा बाउन्स ब्याक भएको हो ।

यसदिन म्युचुअल फण्डबाहेक सबै उपसमुहगत सूचक बढ्दा बजारमा उच्च अंकको वृद्धि आएको हो । १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइतबार नेप्से २.४८ प्रतिशत अर्थात ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १३.०३ अंकले बढेर ५४८.२९ बिन्दुमा पुगेको छ ।

यसदिन जलविद्युत उपसमुहको सूचक सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक ५.१३, उत्पादनमुलक ४.५१, फाइनान्स ४.०८, निर्जीवन बीमा ३.२६ प्रतिशतले बढेको छ । लगानी २.३१ प्रतिशत, होटल तथा टुरिजम् २.२३, लघुवित्त २.०८ प्रतिशतले बढेको छ । जीवन बीमा, बैंकिङ्ग, ब्यापार सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने म्युचुअल फण्डको सूचक ०.२९ प्रतिशतले घटेको छ । यसदिनको बजारमा १८९ कम्पनीको मुल्य बढेको छ भने २९ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आइतबारको बजारमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी नेपाल, सानिमा लाइफ इन्स्योरेन्स सहित ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने थपपाँच कम्पनीहरु हिमालयन पावर पार्टनर, सिनर्जी पावर, ङादी ग्रुप पावर, शिवश्री हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपरको मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उच्च अंकको बढोत्तरी भएको बजारमा सिटिजन्स म्युचुअल फण्ड १ ३.५८ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावर २.२४ र एनआईसी एशिया ग्रोथ फण्डको २.०५ प्रतिशतले घटेको छ । यसदिन इक्वीटीभन्दा धेरै म्युचुअल फण्ड र डिबेञ्चरको मुल्य घट्ने कम्पनी धेरै रहेका छन् ।

यसदिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७३.७७ करोडको शेयर कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावर ४५.११, अपि पावर ३१.५१, नेशनल हाइड्रोपावर २९.३४ र अपर तामाकोशीको २५.७२ करोडको शेयर खरीद बिक्री भएको छ । रिडी, रैराङ, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर र सानिमा माइ हाइड्रोपावर शीर्ष दश ठूला कारोबार गर्ने कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको सानिमा माइको १८.२१ करोडको कारोबार भएको छ ।