गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी गराउने

September 8, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनकाे पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् । जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका छन् ।

“घटनापछि सरकारले के–के काम गरेको छ भन्ने विषयमा गृहमन्त्रीले संसदलाई जानकारी गराउनुहुनेछ,” कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, “सरकारले भारतलाई पठाएको कुटनीतिक नोटमा के भनिएको छ, परिवारलाई सरकारले के गरेको छ भन्ने सबैकुरा गृहमन्त्रीले संसदमा राख्नुहुने छ ।”

सरकारले घटनाको लामो समयसम्म कुटनीतिक नोट नपठाएको, भारतीय पक्षबाट घटना घटाएको विषयमा बोल्नसमेत डराएको भन्दै आजै प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाउँदै छ ।