भारतको विरोध गर्दै सडकमा विप्लव नेतृत्वको नेकपा, काठमाडौंमा जुलुस

July 31, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ:
दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर ज्यादती गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा जुलुस निकालेको छ। दार्चुलामा भएको भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध विप्लव नेतृत्वको नेकपा सबैभन्दा पहिले सडकमा निस्किएको हो।

भारतीय ज्यादतीविरुद्ध नेकपाले काठमाडौंमा निकालेको जुलुसका सहभागीले भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरुले ‘भारतीय ज्यादती बन्द गर’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘लिपुलेक-कालापानी हाम्रो हो’, ‘नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर’, जस्ता नारा समेटिएका प्लेकार्ड र ब्यानर पनि बोकेका थिए।

भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा दार्चुलाका एक युवा महाकालीमा खसेर बेपत्ता भएका छन्। उनको शव घटनाको दोस्रो दिन पनि भेटिएको छैन। विप्लव नेतृत्वको नेकपाले दार्चुलामा तुइन काटिएको घटनाको विरोधमा दुई दिने देशव्यापी आन्दोलनको घोषणा गरेको थियो।

‘तुइन काटिदिँदा नेपालि बेपत्ता भएको घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ,’ पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शनिबार विज्ञप्ति निकाल्दै भनेका थिए।

नेपाल कम्युनिस्ट पार्टीले सोमबार दिउँसो २ बजे देशव्यापी विरोधसभा गर्ने भएको छ। भारतीय सुरक्षाकर्मीले शुक्रबार तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएका थिए।