नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सुधार

July 19, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: शेयरबजारमा साताको दोस्रो कारोबार दिन पनि नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको छ । आइतबार ९७ अंकको बढोत्तरीपछि सोमबार ५२ अंकसम्म बढेको बजार अन्त्यमा १३.९७ अंकले बढेर बन्द भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएपछि करिब शतक बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुकिङ्गले आज कारोबारमा समेत १८ करोडले बढेको छ ।

देउवा सरकारका अर्थमन्त्री जर्नादन शर्माले मन्त्रीबनेपछिको आफ्नो् पहिलो पत्रकार सम्मेलनमा शेयरलगानीकर्ताको हितमा काम गर्ने बताएका थिए । राजश्वको महत्वपूर्ण स्रोतको रुपमा शेयर बजार विकशित हुँदै गएको अवस्थामा नयाँ सरकारले बजारलाई नकारात्मक प्रभाव पार्ने नीति नलिने संकेत अर्थमन्त्रीले जनाइसकेका छन् । यसले पनि लगानीकर्ताको मनोबल बढेको छ ।

अर्थमन्त्रीको अभिव्यक्तिपछि चालु आवको मौद्रिक नीति लगानीकर्ता मैत्री आउने अपेक्षा र सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक रिर्पोट समेत सार्वजनिक गर्न थालेपछि लाभांशका लागि लगानी गर्नेहरु पनि बजार प्रवेशले बजारमा टेवा दिएको छ ।

सोमबार नप्से सूचक १३.९७ अंक अर्थात ०.४७ प्रतिशतले बढेर २९९४.५८ अंकमा पुगेको छ । यसदिन ११ अर्ब ८१ करोड बढीको कारोबार भएको छ । दिनभर २१९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर १ लाख ७ हजार ७९७ वटा संख्याको कारोबारबाट ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् ।

यसदिन कारोबारमा आएको सबै १३ मध्ये ८ वटा समुहमा हरियाली छाएको छ भने ५ वटाको घटेको छ । ५.४२ प्रतिशतको ग्रोथ सहित ब्यापार सूचकले लिड गरेको आजको बजारमा लगानी सूचक १ प्रतिशतले बढ्दा अन्य ६ वटा सूचक सामान्य बढेका छन् । आजको बजारमा फाइनान्स सर्वाधिक १.४१ प्रतिशतले घटेको छ भने विकास बै.क, होटल, जलविद्युत र लघुवित्तको सूचक सामान्य घटेका छन् ।

सोमबार एनआईसी एशिया बैंकको शेयर घटेर उच्च कारोबार भएको छ । बैंकको ३५ करोड ४१ लख बढीको शेयर कारोबारमा आएको छ । यसैगरी नबिल बैंक ३३, नेपाल बंगलादेश बैंक ३१, राष्ट्रिय बीमा कम्पनी संस्थापक ३१ करोड, सिनर्जी पावर २९ करोड, एनएमबि बैंक साढे २७ करोड, अरुण काबेली पावरको साढे २६ करोड, मञ्जुश्री फाइनान्सको साढे २६ करोडको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंक पौने २५ करोड र ग्लोबल आइएमई बैंकको २४ करोड रुपैयाँभन्दा धेरै रकमको शेयर कारोबारमा आएको छ ।

सोमबारको बजारमा सिनर्जी पावरको शेयरमूल्यमा सकारात्मक सर्र्किट लाग्दा बिशाल बजार कम्पनीको ९.२० प्रतिशतले बढेको छ । नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्स र हिमालयन उर्जाको ६ प्रतिशतले बढेको छ । अरुण काबेली पावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ्ग र कर्णाली डेभलपमेन्ट बैंकको मुल्य ४ प्रतिशतले बढेको छ ।

आजको बजारमा नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२, एसआरबिएल डिबेञ्चर ८३को मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । यसैगरी एभरेष्ट इन्स्योरेन्स संस्थापक, मञ्जुश्री फाइनान्स, एचआईडिसीएल, आरएमडिसी, गोर्खाज फाइनान्स, लिवर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, र श्री इन्भेष्टमेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ ।