अल्पकालीन शेयर लगानीकर्ताले आजदेखि साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने

July 18, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि अल्पकालीन शेयर लगानीकर्ताले दीर्घकालीन लगानीकर्ता भन्दा साढे २ प्रतिशत धेरै अर्थात ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुर्पो भएको छ ।

२०७७ साउन ३ गतेभन्दा पछाडि शेयर खरीद गरेर बिक्री गर्ने लगानीकर्तालाई आजदेखि नाफाको ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर लाग्ने भएको हो ।

संघीय संसदको अर्थ समिति अन्तर्गत गठीत पूँजी बजार र मुद्रा बजार सम्बन्धि अध्ययन उपसमितिले शेयर बजारमा कारोबार गर्ने कारोबारी र दीर्घकालीन लगानीकर्तालाई अलग अलग दरमा पूँजीगत लाभकर लगाउन दिएको सुझाव अनुसार बजेटले अल्पकालीन र दीर्घकालीन लागानीकर्ताका लागि अलग अलग लाभकर लाग्ने व्यवस्था गरेको थियो ।

सो अनुसार नै शेयर बजाररका लगानी गर्ने अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि अलग अलग पूँजीगत लाभकर लागू भएको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलद्धारा जेठ १५ गते अध्यादेश मार्फत सार्वजनिक गरिएको आव २०७८।७९ बजेटमा एक वर्षभन्दा कम अवधिको लगानीकर्तालाई ७.५ प्रतिशत र एक वर्षभन्दा धेरै अवधि होल्ड गर्ने लगानीकर्तालाई ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था गरेका थिए ।

आजभन्दा अघि सबै लगानीकताले समान ५ प्रतिशत र संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत पूँजीगत लाभकर सरकारलाई तिर्दै आएका थिए ।

धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न र छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अल्पकालीन लगानीकर्तालाई बढी पूँजीगत लाभकर लगाइएको हो ।

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको नयाँ पूँजीगत लाभकर आजदेखि कार्यान्वयनमा आएपनि आइतबार मात्र शेयर कारोबार हुने भएकाले सो दिनको कारोबारदेखि लागू हुनेछ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बजेटमा व्यवस्था भए बमोजिम अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई अलग अलग पूँजीगत लाभकर गणनाको सिस्टम तयार भइसकेको बताए ।

धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्दै आएका छन् । आगामी दिनमा पनि सोही गणना विधिबाट अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा व्यक्तिगत लगानीकर्ताहरुले फरक फरक पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

धितोपत्र कारोबारमा नाफा नभएको खण्डमा भने पूँजीगत लाभकर तिर्नुपर्नेछैन् । यस वर्षदेखि सामूहिक लगानीकोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताहरुले तिर्ने पूँजीगत लाभकरलाई आन्तरिक राजश्व विभागले अन्तिम करको मान्यता दिएको छ ।