चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

July 16, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं : चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले दिएको छ । प्रधानमन्त्री देउवाले थप खोप सहयोग गरेकोमा चीनलाई बधाई दिएका थिए ।