एमालेमा सहमति भएको भनिएकै बेला प्रचण्ड–नेपालबीच भेट

July 10, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ:
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ । एमालेको विवाद मिलाउने सहमति भएको भनिएकै बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शनिबार बिहान प्रचण्ड र नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो ।

विपक्षी गठबन्धनमा रहेका नेपालले सो क्रममा सर्वोच्चमा परेको मुद्दा प्रभावित हुनेगरी कुनै सहमति नहुने स्पष्ट पारेको बताइएको छ । आजै प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको छ ।

आजै एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बोलाइएको छ । तर कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ ।