कार्यदलबीचको वार्ता सकारात्मक: बुधबार १ बजे भेट्ने गरी सकियो आजको बैठक

July 6, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक भोलि फेरि बस्ने गरि सकिएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको एकता कार्यदलको बैठक भोलि १ फे‍रि बस्ने गरी सकिएको बैठकमा सहभागी रघुजी पन्तले पहिलोक्लिकलाई जानकारी दिए।

आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले भोलि १ बजे फेरि बस्ने निर्णय भएको जानकारी दिए।

कार्यदल निर्माण भएपछि २०-२५ वटा अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा आज पहलो पटक छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए।

‘धेरै भएको थियो औपचारिक छलफल नभएको, यस बीचमा भएका छलफल र अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा औपचारिक छलफल गर्‍यौं, भोलि फेरि बैठक बस्ने निर्णय गरेका छौं’, उनले भने।

विवादका विषय कसरी टुङ्ग्याउने भन्नेमा आफ्नो छलफल केन्द्रीत रहेको भन्दै भोलि फेरि १ बजे बैठक बसेर फेरि यसलाई टुङ्ग्याउँदै लानूपर्छ भन्नेमा एक मत रहेको बताए।

उनले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा बीचको बाटो कसरी निकाल्ने भन्ने विषयमा पनि छलफल भएको तर कुनै केही निष्कर्ष ननिस्किएको जानकारी दिए।

यस्तै नेता सुवास नेम्बाङले पार्टी एकताका लागि छलफलको सुरूवात भएको भन्दै एउटा निष्कर्ष निकाल्ने बताए। ‘औपचारिक रूपमा छलफलको सुरूवात भएको छ। यसअघि हुँदै आएका अनौपचारिक कुरालाई समूहमा जानकारी गराउने काम भयो। जो कार्यदलमा भएका तथा अनौपचारिक छलफलमा नभएका साथीहरूलाई जानकारी गराउने काम भयो। छलफलको सुरूवात भएको छ’, नेम्बाङले भने।