हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको एमओयू विहीबार

May 12, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) विहीबार हुने भएकाे छ ।
उच्च व्यवस्थापन र नाम के रहने भन्ने लामाे विवादमा सहमति भएसँगै गत साता बसेकाे दुवै बैंककाे सञ्चालक समिति बैठकले मर्जरमा जाने प्रस्ताव अनुमाेदन गरेकाे थियाे ।

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापन जस्ता विषयमा सहमति जुटेसँगै मर्जरकाे प्रारम्भिक सहमतिमा हस्ताक्षर हुन लागेकाे हाे । भाेलि ३ बजे छायाँ कम्प्लेक्सकाे हाेटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झाैतामा हस्ताक्षर गर्नेछन् ।

दुई बैकबीच कर्मचारी समायाेजन, सफ्टवेयर कुन बैंककाे चलाउने भन्ने विषयमा भने छलफल भएकाे छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मुल्यांकन गराउने र जुन बैंककाे उपयुक्त हुन्छ त्यसलाइ नै अगाडि बढाउने अनाैपचारिक सहमति भएकाे छ ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट ३ र नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३ जना सञ्चालक रहने सहमति भएकाे छ । मर्जरपछि बैंककाे नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहने छ । सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंककाे अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशाेक राणा हुनेछन्। इन्भेष्टमेन्ट सीईओ ज्याेती पाण्डे डेपुटी सीईओ हुनेछन् ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले दुवै बैंकक सीईओलाई मर्जरपछि पनि सीईओ नै बनाएर सिनियर र जुनियर भनेर जानुपर्ने प्रस्ताव गरेपनि हिमालयन बैंकले त्यसमा असहमति जनाएपछि सहमति जुट्न सकेकाे थिएन । वैशाख १५ अगाडि नै एमओयू गर्ने तयारी भएपनि सीईओमा सहमति नजुट्दा त्यतिबेला एमओयू हुन सकेन । तर राष्ट्र बैंकले नै दुवै बैंकलाइ बाेलाएर २ जना सीईओ राख्न नमिल्ने भनेपछि इन्भेष्टमेन्टका सीईओ पाण्डेलाई डेपुटी सीईओ बनाउन सहमति जुटेर प्रक्रिया अगाडि बढेकाे हाे ।गत बुधबार नेपाल इन्भेष्टमेन्ट र शुक्रबार हिमालयन बैककाे बाेर्डले मर्जरकाे प्रताव स्वीकृत गरिसकेकाे छ ।

मर्जरका लागि गराएको डीडीएमा दुई बैंक एक बराबर एकको स्वापमा मर्जरमा जाने सक्ने देखिएको छ । डीडीएमा हिमालयन बैंककाे २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैंककाे २८१ अंक आएकाे स्राेतकाे दाबी छ।

डीडीएमा हिमालयन बैंक केही माथि भए पनि १ः१ मा जाने अवस्था रहेको स्रोत बताउँछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको पुँजीकोष ४७ अर्ब नाघ्नेछ भने चुक्ता पुँजी २७ अर्ब नाघ्नेछ ।

स्राेतका अनुसार एमओयूमा असार मसान्त भित्रै एकीकृत काराेबार सुरु गर्ने लक्ष्य लिइएकाे छ।