रियल एस्टेट प्याट्फर्म बसोबासमा १० हजार लिस्टिङ, प्रयोगकर्तालाई अव यस्तो बिशेष सुविधा

April 21, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ:
घर जग्गा किनबेचलाई सहज बनाउने उद्देश्यले खुलेको बसोबासमा १० हजार भन्दा बढी लिस्टिङ्स पुगेको छ ।यसै अवसरमा बसोबासमा आफ्नो घर जग्गा फ्री लिस्ट गर्नेले बिशेष अवसर पाउने भएका छन् ।

बसोबास नेपाल , स्थापित भएको छोटो समयमा नै धेरै प्रयोगकर्ताको मन जित्न सफल एक अनलाईन रियल इस्टेट प्याटफर्म हो जसले घरजग्गा किनबेच गर्नको लागि मद्दत तथा सहजिकारण गर्दछ । सुरु भएको छोटो समयमा नै १० हजार भन्दा बढी घरजग्गा लिस्टिङ गर्न सफल भएको छ जसमा काठमाडौं, पोखरा लगाएत देश भरिका ठाउँहरुबाट हजारौँ घरजग्गा बिक्री तथा भाडाका लागि सुचिबद्ध गरिएको छ ।

प्रयोगकर्ताको सहजिकरणको लागि यस संस्थाले मोबाईल एप पनि लन्च गरिसकेको छ । वेबसाईटमा भन्दा पनि मोबाईल एपमा धेरै सहज भएको यस्का प्रयोगकर्ताले बताउछन् ।

घरजग्गा बिक्री तथा भाडामा लगाउन चाहाने जो कोही शुल्क नलाग्ने फ्री लिस्टिङ (Free listing) र शुल्क लाग्ने फिचर लिस्टिङ (Feature listing) गरेर आफ्नो घरजग्गा मर्केटिङ गर्न सक्नु हुन्छ । नयाँ बर्ष २०७८ र १० हजार लिस्टिङको अवसरमा बसोबास नेपालले ५ भाग्यसाली फ्री लिस्टेर्सलाई फिचर लिस्टिङ अवसर दिने भएको छ । यो सुविधा बैशाख ३१ सम्म मात्र लागु गरिएको छ ।

फ्री लिस्टिङ गर्नको लागी तपाईंहरुले Basobaas.com को अफिसियल वेबसाईट वा बसोबास एप प्रयोग गर्न सक्नुहुन्छ । घरजग्गा खरिद तथा भाडा लिन चाहाने ब्यक्तिले आफुले चाहे अनुसारको घरजग्गा हेरी बिना कुनै शुल्क सिधै घरजग्गा धनीसंग सम्पर्क गरी खरिद गर्न सक्नुहुन्छ ।

फ्री लिस्टिङ (Free Listing) भनेको के हो ?
बसोबास एक घरजग्गा बेचबिखनको लागि अनलाईन बिज्ञापन गर्ने प्याल्टफर्म हो जस्को वेबसाइटमा फ्री लिस्टिङको ब्यवस्था गरिएको छ जस्को कुनै शुल्क लाग्दैन । यहाँहरुको सहजताको लागि बसोबास एप पनि उपलब्ध छ ।

फिचर लिस्टिङ(Featured Listing) भनेको क हो ?
बसोबासमा घरजग्गा अनलाईन बिज्ञापन गर्नको लागि बिभिन्न प्याकेज उपलब्ध छन् जस्को प्याकेजको प्रकार हेरेर शुल्क लाग्छ । फिचर लिस्टिङमा भएका घर जग्गा वेबसाईटको माथिल्लो भागमा देखिन्छन् र बसोबासको बिभिन्न सामाजिक संजालमा बिज्ञापन गरिन्छ जस्ले गर्दा घर/जग्गा छिटो बिक्ने गर्छ ।