बम विस्फोट प्रकरण : घटनास्थलमा गोइत समूहको पर्चा भेटियो

March 14, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

जनकपुरधाम: सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको छ ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घटना स्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको हो ।

बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको छ ।

विस्फोटक पदार्थ रहेको झोलामै पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

पर्चामा अध्यक्षको तलतिर जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।