सरकार–विप्लव वार्ता आज

March 3, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकाबीच वार्ता आज (बुधबार) हुने भएको छ।

हिजो (मंगलबारं) गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव पक्षले केही सर्त राखेपछि समय सरेको हो।

वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताका अनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता/कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो।

तर हिजो सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको उनले बताए।

वार्ता गर्न विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक मंगलबार नै काठमाडौं आइसकेका छन्।

सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ।

लगत्तै विप्लव नेकपाले पनि प्रवक्ता प्रकाण्ड र नेता दीपक रहेको वार्ता टोली गठन गरेको छ।