विप्लवसँग छिट्टै वार्ता गर्छौँ : प्रधानमन्त्री ओली

February 28, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।