कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुग्यो

February 24, 2021 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या अध्यावधिक गरेको छ ।

मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै बुधबार एकै दिन मृत्यु हुनेको संख्या ६१९ जना थप गरेको छ ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमणबाट १ जनाको मात्रै मृत्यु भएको छ ।

यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो ।

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।