प्रधानमन्त्री ओलीद्वारा नेपालकै ठूलो ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनको उद्घाटन

February 1, 2021 |लक्ष्मण काफ्ले
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

धनुषा: प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका छन् ।

सोमबार हेलिकप्टरबाट ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०/१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका छन् ।

नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन भने नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको हो । २२०/१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । ‘राष्ट्रिय विद्युत् विकास दशक’ कार्यक्रमअन्तर्गत ढल्केबरमा जीआईएस प्रविधिमा आधारित स्वचालित ४ सय केभीको सबस्टेसन निर्माण गरिएको हो ।