कार्यक्रम शुरु भएको ५ वर्षमा पनि लक्षित वर्गको पहुँचमा पुगेन स्वास्थ्य बीमा

January 25, 2021 |Pahiloclick

काठमाडौँ: सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको देखिएको छ। २०७२ साल चैत्रदेखि पाइलट प्रोजेक्टका रुपमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको नदेखिएको हो । कार्यक्रम शुरु भएको ५ वर्ष हुन लाग्दा पनि लक्ष्य अनुसार आकर्षण नबढेको देखिएको हो ।

सबै नागरिकलाई सहज रूपमा स्वास्थ्य उपचार दिलाउने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रम लक्षित बर्गमा नपुगेको सरोकारवाला बताउँछन् । जनचेतनाको अभाव, दर्ता सहयोगीले गर्ने लापरबाहीका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरुको भनाई छ ।

बोर्डका कार्यकारी प्रमुख दामोदर बसौला समेत कार्यक्रम लक्षित वर्गमा पुग्न नसकेको स्वीकार गर्छन् र्। कार्यक्रम विस्तार भएको ५ वर्ष हुन लाग्दा पनि लक्षित वर्गको पहुँचमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छैन्, यसै वर्ष सबै जिल्लामा कार्यक्रम पु¥याउने लक्ष्य बोर्डको छ ।’ उनले भने ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि बोर्डले विभिन्न कार्यक्रम गर्ने उनको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कार्यक्रम विस्तारमा समस्या पुगेको उनको भनाई छ ।

कार्यक्रम विस्तार भएको ५ वर्ष पुग्न लाग्दा जम्मा ३४ लाख नागरिक सहभागी भएका छन् भने सो कार्यक्रम ६५ जिल्लामा विस्तार भएको छ । सहभागी भएका नागरिकमध्ये सबैभन्दा बढी झापा जिल्लाका नागरिक रहेको बोर्डको तथ्याकं छ । झापा जिल्लाका ४ लाख १४ हजार २३८ जना यस कार्यक्रममा सहभागी भएका छन् ।