सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते

January 4, 2021 |Pahiloclick

 

काठमाडौं: बर्दियामा सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री शाह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री शाहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।