नेपालको होटेलमा आपत्तिजनक अवस्थामा भेटिएका तीन भारतीय न्यायधिश बर्खास्त

December 23, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: भारतको बिहारमा तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । तीनै न्यायाधीश केही वर्ष अघि नेपालमा महिलासँग एक होटलमा आपत्तिजनक स्थितीमा भेटिएका थिए ।

राज्यको सामान्य प्रशासन विभागले सोमबार यसबारे सूचना जारी गरेको हो । सूचनाका अनुसार हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम बर्खास्तीमा परेका हुन् ।

यो बर्खास्ती १२ फेब्रुअरी २०१४ देखि लागू हुने र तीनै न्यायाधीश सेवानिवृत्तिपछि पाइने लाभबाट वञ्चित हुने सूचनामा जानकारी दिएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार त्यतिबेला हरि निवास गुप्ता परिवार न्यायालय, समस्तीपुरका प्रधान न्यायाधीश, जितेन्द्र नाथ सिंह अररियामा अतिक्ति जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश– सह–मुख्य न्यायिक मजिस्ट्रेटको पदमा थिए ।

उनीहरुलाई विराटनगरको एउटा होटलमा नेपाल प्रहरीले छापामारीको क्रममा पक्राउ गरेको थियो । पछि उनीहरुलाई छोडिएको थियो तर यो घटना मिडियामार्फत् जानकारीमा आएको थियो ।

पटना हाइकोर्टमा उनीहरुविरुद्ध अनुसन्धानको आदेश दिइएको थियो जसमा उनीहरु दोषी पाइए उनीहरुलाई बर्खास्त गर्ने सिफारिस गरियो ।

अधिकारीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए जुन गत वर्ष खारेज गरियो ।