अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै

December 7, 2020 |Pahiloclick

काठमाडौँ: अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् ।

उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।