नम्रता श्रेष्ठ बनिन यस वर्षको मिस नेपाल

December 5, 2020 |Pahiloclick

 

काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२०को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन ।

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

त्यसैगरी मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् ।

‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेकी छिन ।