देशभर २४ घण्टामा १३४३ कोरोना संक्रमित थपिए, १३ संक्रमितको मृत्यु

December 3, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

योसँगै उपत्यकामा कोरोना मात्रै कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २१२२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २१२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २० हजार २७२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १३ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।