युनाइटेड इदी मार्दीको आइपीओ बाँडफाँट

November 29, 2020 |Pahiloclick

 

काठमााडौं : युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा आवेदन दिएका कुल ५ लाख ४१ हजार २६३ जना सर्वसाधारणमध्ये ८१ हजार २७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट पछि बाँकी रहेको ६ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ६ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।बाँकी ४ लाख ५९ हजार ९८९ जना आवदकको हात खाली भएकोे छ । यसमा ८६१ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ८ लाख १२ हजार ७३६ कित्ता सेयर छुट्याएको थियो । यसमा कुल ९४ लाख ९८ हजार ४०० कित्ताका लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । इदी मार्दीले मंसिर ३ देखि ७ गतेसम्म आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको सेयर सर्वसाधारणमा खुला गरिएको हो ।

केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।